आइसिसी महिला यु–१९ विश्वकपमा नेपाल युएईसँग १३ रनले पराजित

राष्ट्रपाटी न्युज

कार्तिक २४, २०८१

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा पराजित भएको छ। शनिबार भएको तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको हो।

राउन्ड रोबिनमा भइरहेको प्रतियोगितामा नेपालको यो पहिलो हार हो। यसअघि नेपालले थाइल्यान्डलाई ६७ र कुवेतलाई १०८ रनले पराजित गरेको थियो। युएई भने अपराजित छ।

अब नेपालले यही तीन टोलीसँग समान एकपल्ट खेल्नेछ। शीर्ष दुई टोली फाइनलमा भिड्ने छन्। विजेताले विश्वकपमा स्थान पक्का गर्नेछ। युएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो ।


Published :कार्तिक २४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media