खेलकुद फोटोपत्रकार सरोज नेपाल सम्मानित

राष्ट्रपाटी न्युज

कार्तिक २६, २०८१

काठमाडौं । खेलकुद फोटोपत्रकार सरोज नेपाल ‘हरिगोपाल प्रधान पत्रकारिता पुरस्कार २०८०’ बाट सम्मानित भएका छन् । सानै देखि मेहेनति नेपालले फोटो पत्रकार विधामा अन्य धेरै पुरस्कार हाता पारिसकेका छन्। अन्तराष्ट्रिय फोटोपत्रकार समूह, नेपालले संस्थाको २७औँ साधारणसभा तथा १३औँ अधिवेशनका अवसरमा नेपाललाई खेलकुद विधातर्फ उक्त पुरस्कार प्रदान गरेको हो । 

शनिबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा नेपालसहित अरू सात फोटोपत्रकारलाई प्रमाणपत्रसहित खानेपानीमन्त्री प्रदीप यादवले सम्मानित गरे ।


Published :कार्तिक २६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media