नेपाल आइसिसी यु-१९ टी-२० महिला विश्वकपमा छनोट

राष्ट्रपाटी न्युज

२८ कार्तिक २०८१

काठमाडौँ । नेपालले आइसिसी यु-१९ टी-२० महिला विश्वकपमा स्थान बनाउन सफल भएको छ।

एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई ८ विकेटले हराउँदै नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो।

यस अघि युएईको अजमानमा घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको मध्यम योगफल तयार गरेको थियो । जवाफमा नेपाल १४ दशमलब ४ ओभरमा २ विकेट गुमाएर बिजयी लक्ष्य पुरा गर्दै विश्वकपमा छनोट हुन सफल भएको हो।

नेपालमा ६ खेलमा ५ जितसंगै समूहमा पहिलो हुँदै विश्वकपमा छनोट भएको हो। युएइले पनि ६ खेलमा ५ जित हासिल गरेर १० अंक पाएपनि रन रेटमा नेपाल युएइ भन्दा माथि रहेकाले ४ देशबीचको छनौट खेलमा नेपाल पहिलो भएको हो।

विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ। नेपाल विश्व कपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ। विश्व कपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ।


Published :२८ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media