दार्चुलामा जीप दुर्घटना, छ जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर

राष्ट्रपाटी न्युज

कार्तिक ३०, २०८१

काठमाडौँ । दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो।

दुर्घटनास्थलमा छ जनाको मृत्यु भएको र अन्य  ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिएका छन् ।

जात्रा हेरेर फर्किएकाहरु सवार जीप दुर्घटनामा परेको उनले बताए ।

घाइते सबैको अवस्था गम्भीर रहेको जानकारी दिँदै उनले  मृतकको सनाखत हुन बाँकी रहेको बताए । घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न  सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।


Published :कार्तिक ३०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media