जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

राष्ट्रपाटी न्युज

मंसिर २, २०८१

डोटी । शिखर नगरपालिका–८, खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१, सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो ।

दुर्घटनामा  घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ । ठक्कर दिने जीप र त्यसका चालकको खोजी भइरहेको जनाइएको छ ।


Published :मंसिर २, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media