Close Menu
    आजका समाचार

    चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लु्म्बिनीसँग भिड्ने

    मंसिर ३ २०८३, बिहिबार

    पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

    मंसिर ३ २०८३, बिहिबार

    चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

    मंसिर ३ २०८३, बिहिबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लु्म्बिनीसँग भिड्ने
    • पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
    • चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
    • एनपीएलः चितवनद्वारा सुदूरपश्चिमलाई १३४ रनको लक्ष्य
    • वैदेशिक रोजगार ठगी प्रकरणः दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अनुमति
    • एमालेको राष्ट्रिय भेला सम्पन्नः २१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित
    • नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, तीन अर्ब ८७ करोडको कारोबार
    • कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»अर्थ»ऊर्जा मन्त्रालयको ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’ कार्यान्वयनमा
    अर्थ मंसिर २ २०८१, सोमवार

    ऊर्जा मन्त्रालयको ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’ कार्यान्वयनमा

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर २ २०८१, सोमवारNo Comments0 Views
    Clock मंसिर २ २०८१, सोमवार

    काठमाडौं । सरकारले निर्माण कार्यको अनुमगन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ ।

    ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मन्त्रीस्तरीय निर्णयमार्फत सो कार्यविधि कार्यान्वयनमा ल्याएका हुन् । सो कार्यविधि यही मङ्सिर २ गते मन्त्रालयले स्वीकृत गरेको छ । मन्त्रालयका सहसचिव इन्दिरा दाहाल संयोजक रहेको एक कार्यदलले तयार पारेको कार्यविधि मंसिर २ गते स्वीकृत गरिएको हो ।

    कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव मुना शर्मा, जलस्रोत तथा सिँचाइ विभागका उपसचिव विष्णुदेव यादव, विद्युत् विकास विभागका उपसचिव सुवर्ण खनाल, जल तथा मौसम विज्ञान विभागका उपसचिव निराजन सापकोटा सदस्य थिए ।

    यस्तै, ऊर्जा मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव खिमानन्द ज्ञवाली सदस्य सचिव थिए । सो कार्यदलले दिएको प्रतिवेदनका आधारमा कार्यविधि कार्यान्वयनमा ल्याइएको हो । कार्यविधिअनुसार विवाद समाधान, प्रोत्साहन, अध्ययन, अनुसन्धान तथा परामर्श, कार्यालयका लागि आवश्यक जनशक्ति व्यवस्थापन, मानव संशाधन विकासलगायतमा हुने खर्चलाई सहज बनाइनेछ ।

    निर्माणसँग सम्बन्धित बोलपत्रको प्रस्तावको तयारी, सूचना प्रकाशन, इन्धन, स्टेशनरी, फर्निचर, टेलिफोन, विद्युत् तथा पानी महसुल, सवारी साधन, औजार तथा उपकरण खरिद वा भाडा, मर्मत सम्भारका लागि सहज हुनेछ ।

    कन्टिन्जेन्सी रकम निर्माण, परामर्श, वस्तु खरिद र जडानको नियमित सुपरिवेक्षण तथा अनुगमन गर्ने प्रयोजनका लागि सवारी साधन, औजार तथा उपकरण खरिद गर्न कन्टिन्जेन्सी रकमको बढीमा २५ प्रतिशत रकम छुट्याई कार्यालयले विभागमा पठाउन सक्नेछ ।

    सो रकमबाट सम्बन्धित विभाग वा कार्यालयले अर्थ मन्त्रालयको सहमति लिई सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।

    उपकरण तथा सवारी साधन खरिदका लागि कार्यालय तथा विभाग मार्फत कूल कन्टिजेन्सी रकमको अधिकतम ४० प्रतिशतसम्म खर्च गर्न सकिने व्यवस्था कार्यविधिमा गरिएको छ । कार्यविधिले बढीमा रु २० लाखसम्म विनियोजित बजेट भएका धेरै योजनाहरु हुने बजेट उपशीर्षकहरुको हकमा कन्टिजेन्सी रकम खर्च गर्दा सम्बन्धित बजेट उपशीर्षकमा एकमुष्ट खर्च जनाउन सकिने प्रबन्ध गरेको छ । त्यस्तो एकमुष्ट खर्च रकमलाई समानुपातिक रुपमा बाँडफाँड गरी प्रत्येक ठेक्काको नापी किताबमा कन्टिजेन्सी खर्च प्रविष्ट गर्नुपर्नेछ ।

    कार्यविधिअनुसार आयोजना सञ्चालन हुने क्षेत्रको भौगोलिक अवस्था, आयोजना क्षेत्र वरिपरि सोही आयोजनाले सञ्चालन गर्नुपर्ने अन्य आयोजनाहरु, कार्यको जटिलता तथा कार्यबोझ, सुपरिवेक्षकका लागि चाहिने योग्यता, प्राविधिक क्षमता, जनशक्तिको उपलब्धतालाई ध्यान दिएर लागत अनुमान तयार गर्नुपर्नेछ । कन्टिजेन्सी रकम खर्च गर्नेसम्बन्धी निर्देशिका, २०७७ बमोजिम भए गरेका काम कारवाहीलाई समेत कार्यविधि बमोजिम भएको मानिने छ ।

    कन्टिजेन्सी रकम खर्च गर्दा मितव्ययी बन्नुपर्ने, खर्च रकमको अभिलेख अद्यावधिक गरी राख्नुपर्ने, प्रचलित कानुनको परिपालना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । विकास निर्माणलाई थप प्रभावकारी बनाउने र मन्त्रालय मातहतका आयोजनालाई थप गति दिने लक्ष्यका साथ सो कार्यविधि कार्यान्वयनमा ल्याइएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

    मंसिर ३ २०८३, बिहिबार

    नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, तीन अर्ब ८७ करोडको कारोबार

    मंसिर ३ २०८३, बिहिबार

    कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

    मंसिर ३ २०८३, बिहिबार

    बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर ३ २०८३, बिहिबार

    काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

    मंसिर २ २०८३, बुधबार

    दुई कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

    मंसिर २ २०८३, बुधबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    खेलकुद

    चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लु्म्बिनीसँग भिड्ने

    By Manoj Khatiwadaमंसिर ३ २०८३, बिहिबार0

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम…

    पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

    मंसिर ३ २०८३, बिहिबार

    चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

    मंसिर ३ २०८३, बिहिबार

    एनपीएलः चितवनद्वारा सुदूरपश्चिमलाई १३४ रनको लक्ष्य

    मंसिर ३ २०८३, बिहिबार

    वैदेशिक रोजगार ठगी प्रकरणः दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अनुमति

    मंसिर ३ २०८३, बिहिबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.