देशमा स्थिरता र सुशासन कायम राख्नु सरकारको उद्देश्य होः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले  मुलुकमा तीन/तीन महिनामा संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिइराख्नुपर्ने अवस्था सिर्जना भएकाले संसद्का दुई ठूला दल मिलेर सरकार बनेको बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आज आयोजना गरेको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

गृहमन्त्रीले भने, “एमाले र कांग्रेस मिलेर सरकार बनेको छ, यो सरकारको उद्देश्य देशमा स्थिरता कायम राख्ने र सुशासन कायम राख्नु हो।” उनले जनजीविकाको सवाल र मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको बताए।

त्यस्तै गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प कुनै व्यवस्था हुन नसक्ने पनि बताएका छन्।

“लोकतन्त्रमा जनताका अधिकारको सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो,” गृहमन्त्री लेखकले भने, “त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनुपर्छ।”


Published :५ मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media