रामेछाप बस दुर्घटनामा वडाध्यक्ष बस्नेतको मृत्यु

राष्ट्रपाटी न्युज

मंसिर १४, २०८१

काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको निधन भएको छ ।

सो दुर्घटनामा गोकुलगंगा गाउँपालिका ४ बेतालीका वडाध्यक्ष रामचन्द्र बस्नेतको निधन भएको प्रहरीले जनाएको छ । मृतक बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडी ३ सय मिटर तल खसेको छ । मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीस्थित सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।


Published :मंसिर १४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media