सिरहामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुईजनाको अवस्था गम्भीर

राष्ट्रपाटी न्युज

मंसिर १५, २०८१

जनकपुरधाम । सिरहा नगरपालिका- ९ गुलरियामा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

मृत्यु हुनेमा सिरहाको नवराजपुर गाउँपालिका १ तामासुइयाका ३२ वर्षीय रंजित मुखिया छन्। उनीसंगै मोटरसाइकलमा सवार सोही ठाउँका ३५ वर्षीय अरबेन्द्र यादव र ३७ वर्षीय रामबाबु साह घाइते भएका छन् ।

मोटरसाइकलको नम्बर खुल्न नसकेको र अबेर राति दुर्घटनामा परेको हो। स्थानीय र प्रहरीले घाइते दुबै जनालाई प्रादेशिक अस्पताल सिरहा पुर्याएका थिए। तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरको न्यूरो अस्पताल लगिएको छ।

घाइते दुबै जनाको अबस्था गम्भीर छ। उनीहरुको टाउँकोमा चोट लागेको छ। चोहर्वातीरबाट सिरहा सदरमुकाम पुग्न लाग्दा चार लेन समाप्त भएर सडक साघुँरो भएको ठाउँमा दुर्घटना भएको छ।


Published :मंसिर १५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media