छविलाई बयानका लागि चितवन ल्याइयो, अब रविको पालो

राष्ट्रपाटी न्युज

मंसिर १६, २०८१

चितवन । कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालिन सञ्चालक छविलाल जोशीलाई बयानका लागि चितवन ल्याइएको छ । उनीसँग रामबहादुर ढकाललाई पनि पोखराबाट जहाजमा भरतपुर विमानस्थल ओरालिएको हो ।

साहारा सहकारीको ३७ करोड ६५ लाखभन्दा बढी रकमको हिनामिनामा संलग्न भएको आरोपमा जीबी राईसहित १७ जनाविरुद्ध किटानी जाहेरीमा दर्ता भएको थियो ।

केही दिनअघि मात्र रवि लामिछानेसहित १० जनाविरुद्ध किटानी जाहेरी दर्ता भएपछि लामिछाने पनि साहाराको बचत अपचलनको अनुसन्धानको दायरामा तानिने भएका छन् । पहिला पक्राउ गरेर छविलाई पोखरा पुर्याइएपछि रविलाई नियन्त्रणमा लिएको प्रहरीले पहिला अघिअघि छवि पछिपछि रविलाई वयानका लागि उनीहरुविरुद्ध किटानी जाहेरी परेका जिल्लाहरुमा लाने गरेको छ ।

यसअघि छविलाई काठमाडौं ल्याएर पोखरा पुर्याएपछि रविलाई काठमाडौं ल्याएको छ । रविको वयान आज पनि सरकारी वकिल कार्यालयमा जारी छ । अब छविलाई चितवनबाट पोखरा लगेपछि रविलाई चितवन लाने लगभग निश्चित जस्तै देखिन्छ ।

 


Published :मंसिर १६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media