एनपीएलः चितवनसँग पोखरा ८७ रनले पराजित

राष्ट्रपाटी न्युज

मंसिर १८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलरबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ ।

सोहल तानवीर र रिजन ढकालले घातक बलिङ गरेपछि पोखरा एभेन्जर्सले फराकिलो हार भोगेको हो ।

कीर्तिपुर मैदानमा यी दुई बलरले १६२ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराका ब्याटरलाई धरासायी बनाएका हुन् ।

चिवतनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले १३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ७४ रन जोड्यो ।


Published :मंसिर १८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media