नेपाललाई ९ अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपति सीको घोषणा

राष्ट्रपाटी न्युज

१८ मंसिर २०८१

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन्।

मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा सीले नेपालको आर्थिक समृद्धि र विकासका लागि आर्थिक सहायता गर्ने बताएका हुन्।

भेटका क्रममा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने पनि बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालले जानकारी दिए ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताएका थिए।

‘प्रधानमन्त्रीज्यूले नेपाल र चीनको सम्बन्ध सार्वभौमकिता,राजनीतिक स्वतन्त्रता,आपसी समझदारी र विश्वासमा आधारित रहेको बताउनुभयो,’ ढकालले भने।

भेटका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई सन् २०२५ मा नेपाल भ्रमण गर्न नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट निम्तो पनि दिएका थिए।


Published :१८ मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media