बालउद्धार माविलाई ऐतिहासिक सफलता

राष्ट्रपाटी न्युज

२१ मंसिर २०८१

काठमाडौँ । बालउद्धार माध्यमिक विद्यालयले ऐतिहासिक सफलता प्राप्त गरेको छ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको विद्यालयले शुक्रबार सम्पन्न ३० औँ आइजिपी रनिङ ट्रफीमा ठुलो सफलता प्राप्त गरेको हो ।

शुक्रबार सम्पन्न ३० औँ आइजिपी रनिङ ट्रफीअन्तर्गत बालद्धार मावि र प्रहरी स्कुल सामाखुसीबीचको फुटबल प्रतिस्पर्धामा बालउद्धार मावि ३-१ गोलले विजयी भएको छ । निकै पोख्त र सफल मानिएको यो टिमलाई हराएर बिधालयले ऐतिहासिक सफलता प्राप्त गरेको प्रधानाध्यापक बिनोद पण्डितले जानकारी दिएका छन्। यसैगरी यस बिधालयले अघिल्लो खेलमा पनि साविक बिजेता प्रहरी स्कुल साँगालाइ १ – १ को बराबरीमा रोक्न सफल भएको थियो।

त्यसैगरी जनउद्धार मावि बुढानीलकण्ठ – १३ मा आयोजित अन्तर विद्यालयस्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा बालउद्धार माविले तृतीय स्थान प्राप्त गरेको विद्यालयले जनाएको छ । सो प्रतियोगितामा विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा तृष्णा अधिकारीले तृतीय स्थान प्राप्त गर्न सफल भएकी छन् ।

 


Published :२१ मंसिर २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media