यु-१९ एसिया कप क्रिकेटको उपाधि बंगलादेशलाई, भारत ५९ रनले पराजित

राष्ट्रपाटी न्युज

मंसिर २३, २०८१

काठमाडौं । भारतलाई हराउँदै बंगलादेशले युएईमा भएको यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ। भर्खरै सकिएको फाइनल खेलमा बंगलादेशले भारतलाई ५९ रनले पराजित गरेको हो।

बंगलादेशले दिएको १९९ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर २ बलमा १३९ रनमा समेटियो। भारतका मोहम्मद अमानले सर्वाधिक २६ रन बनाए। बंगलादेशका अजिजुल हाकिम तमिम र अजिजुल हाकिम तमिमले ३-३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर १ बलमा १९८ रन बनाएको थियो। बंगलादेशका रिजन हुसेनले सर्वाधिक ४७ रन बनाएका थिए ।


Published :मंसिर २३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media