थाहा पाउनुहोस् २०८१ मंसिर २४ गते सोमबारको राशिफल

राष्ट्रपाटी न्युज

२४ मंसिर २०८१

काठमाडौँ । आज वि.सं २०८१ मंसिर २४ गते सोमबार, ई.स. २०२४ डिसेम्बर ९, तिथि- मार्ग शुक्लपक्ष नवमी, पूर्वभाद्रपदा- नक्षत्र, सिद्धि- योग, वालव- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः४४, सूर्यास्त- १७ः०७ ।

मेष : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ ।

वृष : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।

मिथुन : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

कर्कट : पराक्रम र उत्साहमा कमी आउने छ ।

सिंह : अतिथिका रूपमा सम्मान पाइनेछ ।

कन्या : आँटेताकेका काममा सफलता मिल्नेछ ।

तुला : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।

वृश्चिक : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

धनु : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मकर : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कुम्भ : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मीन : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।


Published :२४ मंसिर २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media