खोटाङमा रूखले किचेर एकजनाको मृत्यु

राष्ट्रपाटी न्युज

मंसिर २५, २०८१

खोटाङ । गोलिया काठ काट्ने क्रममा रूखले किचेर हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाईंको मृत्यु भएको छ ।

रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित निजी वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा सोमबार मिलनको घटनास्थलमै मृत्यु भएको हो ।

रूख ढल्ने क्रममा गोलिया काठ संकलन गरिरहेका बेला नजिकै रहेको मौवाको सुकेको रूखले किच्दा मिलनको मृत्यु भएको रावाबेँसी–२ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिए ।

“मृतक दमाईं हप्ता दिनअघि यहाँ काम गर्न आएका हुन् । ज्यालादारी कामका लागि आएका उनको रूखले किचेर मृत्यु भएको जानकारी प्राप्त भएको छ”, बस्नेतले भने, “मृत्युको खबर पाएपछि प्रहरीलाई जानकारी गरायौँ । जिल्लाबाट प्रहरी टोली आएर मुचुल्का उठाएपछि शव परीक्षणका लागि जिल्ला पठाइएको छ ।”


Published :मंसिर २५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media