एनपीएलः पोखरालाई ७ विकेटले हराउँदै कर्णालीको तेस्रो जित

राष्ट्रपाटी न्युज

मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को नवौं दिनको दोस्रो खेलमा कर्णालीले पोखराविरुद्ध ७ विकेटको जित हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा १०४ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

यो कर्णालीको तेस्रो जित हो भने पोखराको तेस्रो हार हो। कर्णालीले यसअघि ४ खेलमा पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट, काठमाडौंसँग ३ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा चितवनलाई ६ विकेटले हराएको कर्णालीले चौथो खेलमा विराटनगरलाई ७ रनले हराएको हो।

कर्णालीका लागि गुल्सन झाले सर्वाधिक  रन बनाए। उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४९ रनमा अविजित रहे ।


Published :मंसिर २५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media