एनपीएलः काठमाडौँसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्लेअफ सम्भावना समाप्त

राष्ट्रपाटी न्युज

मंसिर २६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई हराएसँगै काठमाडौंले दोस्रो जित निकालेको हो। आजको खेलमा हार बेहोरेसँगै लुम्बिनीको भने प्लेअफ सम्भावना सकिएको छ।

काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।

लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। उनले २८ बलमा २ चौका प्रहार गरेका हुन्। जोराले आठौं विकेटका लागि सुर्य तामाङसँग ३२ रनको साझेदारी बनाए पनि त्यो जितका लागि पर्याप्त भएन।


Published :मंसिर २६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media