एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र चितवन भिड्दै

राष्ट्रपाटी न्युज

मंसिर २९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दिउँसो तालिकाको शीर्ष स्थानको जनकपुर र चौथो स्थानमा रहेको पोखराबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल दिउँसो १ बजे सुरु हुनेछ। जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुनेछ भने चितवनका कप्तान कुशल मल्ल हुन्।

बको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ। तालिकाको शीर्ष स्थानको जनकपुर भने आजको खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानको सदूरपश्चिमसँग अंक बढाउन चाहन्छ। जनकपुरले १० अंक जोडिसकेको छ भने दोस्रो स्थानको सुदूरपश्चिमको आठ अंक छ।

चितवन भने ६ अंकसहित चौथो स्थानमा छ। चितवन र जनकपुरका लागि आजको खेल नै अन्तिम हो। सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ भने कर्णालीले एक खेल खेल्न बाँकी छ।

एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ। विराटनगरको चार अंक भए पनि रनरेटका आधारमा अगाडि छ।

प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको खेल शनिबार बिहानै हुँदैछ।


Published :मंसिर २९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media