एनपीएलः चितवनद्वारा जनकपुरलाई १८१ रनको लक्ष्य

राष्ट्रपाटी न्युज

मंसिर २९, २०८१

काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ड्सलाई १८१ रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८० रन बनाएको हो ।

कप्तान कुशल मल्ल र रवी बोपारले शतकीय साझेदारीमा खेले ।

चितवनका कुशलले सर्वाधिक ७२ रन बनाए। ४१ बल खेलेका उनले तीन चौका र सात छक्का प्रहार गरे। रवीले ४४ रनको योगदान दिए। यी दुई ब्याटरबीच चौथो विकेटका लागि ११३ रनको साझेदारी भएको थियो। कुशल १८.४ ओभरमा जिम्मी निसमको फुट टस बल प्रहार गर्ने धुनमा जनकपुरका कप्तान अनिलबाट क्याच आउट भए। रवी अन्तिम ओभरमा अनिलबाटै क्याच आउट भए ।

बलिङमा जनकपुरका ललित राजवंशीले दुई, हर्ष थाकर, मोहम्मद मोहसिन र जिमी निशमले एकएक विकेट लिए ।


Published :मंसिर २९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media