पोखरालाई ६ विकेटले हराएसँगै काठमाडौँको प्लेअफ पुग्ने सम्भावना बलियो

राष्ट्रपाटी न्युज

मंसिर २९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभरमै पूरा गर्‍यो।

जितसँगै काठमाडौंले प्लेअफ सम्भावना बलियो बनाएको छ भने पोखराका लागि प्लेअफ सम्भावना निकै झिनो बनेको छ।

काठमाडौंका लागि स्टेफेन इस्कीनजीले सर्वाधिक ६० रन बनाए। ३४ बलमा उनले १० चौका प्रहार गरे। त्यस्तै माइकल लेभिटले ३२ रन, भीम सार्कीले २२ रन र करण केसीले १ रन बनाए। गेहार्ड इरासम २५ रन र रासिद खान १ रनमा अविजित रहे। पोखराका लागि विपिन खत्रीले ३ र माइकल लिस्कले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो।


Published :मंसिर २९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media