एनपिएलमा आज काठमाडौँ र विराटनगर तथा पोखरा र सुदूरपश्चिम भिड्दै

राष्ट्रपाटी न्युज

मंसिर ३०, २०८१

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आइतबार पनि दुई खेल हुँदैछन्।

पहिलो खेल बिहान नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ भने दिउँसो एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन्।

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो। यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ।

विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ। पोखराको यो अन्तिम खेल हो। उसले पनि दुई खेलमात्र जितेको छ। सुदूरपश्चिमको भने यो छैटौँ खेल हो। यो टोली चार खेलमा विजयी भएको छ।


Published :मंसिर ३०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media