एमालेले नेतृत्वविरूद्धका कुप्रचारको प्रतिवाद गर्ने

राष्ट्रपाटी न्युज

३० मंसिर २०८१

काठमाडौँ । नेकपा एमालेले पार्टी र नेतृत्व विरूद्ध षड्यन्त्र र कुप्रचारको प्रतिवाद गर्ने संकल्प गरेको छ।

आइतबार एमालेको केन्द्रीय संगठन विभागले पार्टी कार्यालयमा आयोजना गरेको एक कार्यशालामा पार्टी र नेतृत्व विरूद्धका षड्यन्त्र र कुप्रचारको प्रतिवाद गर्नेसहित ६ वटा संकल्प गरेको हो।

‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयमा शनिबार र आइतबार गरी दुई दिन राष्ट्रिय कार्यशालाको आयोजना गरेको हो।

यस कार्यशालाले राष्ट्रिय शक्ति निर्माणका लागि माघ देखि चैत तीन महिना ‘वडा केन्द्रित अभियान’ सञ्चालन गर्ने घोषणा पनि गरेको छ।

त्यस्तै आधारभूत तहमा कमिटी निर्माण गर्ने र सदस्यता विस्तारसँगै ‘जनतासँग जनसंगठन अभियान’ सञ्‍चालन गर्ने संकल्प गरेको संगठन विभागका सचिव माधवप्रसाद ढुंगेलले बताए।

उनका अनुसार २०८२को पार्टी सदस्यताको नवीकरण आउँदो फागुन-चैत महिनाभित्रै गर्ने पनि निर्णय भएको हो।

सदस्यहरूलाई पनि यही वर्ष अनलाइनमा ल्याउने र चैतमा एक राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न पार्टी केन्द्रसँग अनुरोध गर्ने पनि निर्णय भएको छ।


Published :३० मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media