रवि लामिछाने थप चार दिन थुनामै रहने

पोखरा । सहकारी ठगीको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न मागको अनुमतिलाई अदालतले सदर गरेको हो ।

न्यायाधीश हिमलाल बेलबासेको इजलासमा छोटो बहसपछि सरकारी वकिलको माग अनुसार ४ दिन हिरासतमा राख्न अनुमति दिइएको हो ।

कास्की प्रहरीले सोमबार अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि मंगलबार लामिछानेलाई अभियोग पत्र दायर गरुन्जेल हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न बढिमा ९० दिन मात्र अनुमति पाउने भएकाले अब ४ दिनभित्रमा लामिछानेविरुद्ध अदालतमा अभियोगपत्र दायर गर्नै पर्ने बाध्यता छ ।


Published :२ पुष २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media