कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । कर्णाली याक्सले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गरेको हो ।

१९औं ओभरमा १४ रन लिदै जनकपुरले फाइनलमा पुगेको हो । कर्णालीलाई हराएको जनकपुरले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

 


Published :पुस ४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media