पुलिस क्लबले जित्यो जय ट्रफी मेन्स एलिट कपको उपाधि

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न तीन दिवसीय खेलको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

उपाधि भिडन्तमा आर्मी २८ रनले पराजित भएको हो ।

पुलिसले अन्तिम खेलमा १०३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। तर आर्मी ७४ रनमै अलआउट भएको हो ।

पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा ७४ रनमा अलआउट भयो । इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११ रन बनाए ।

पुलिसका लागि स्पिनर जोडी सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । सागरले ६ र ललितले ४ विकेट लिए । ललितले ३९ रन खर्चिएर ४ विकेट र सागरले १४.२ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए । सागरले पहिलो इनिङमा पनि ५ विकेट लिएका थिए ।


Published :३ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media