रवि लामिछाने आज अदालतमा उपस्थित हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा नेटवर्क मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदैछन् ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुन लागेका हुन् । उनीमाथि आज नै बयान तथा थुनछेक बहस हुनसक्नेछ ।

कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।


Published :माघ ९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media