बुढानीलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ को सामुदायिक विधालयसंग जनप्रतिनिधि र शिक्षासंग सिप तालिम कार्यक्रम अन्तरगत SEE सम्मान तथा अभिमुखीकरण कार्यक्रम – २०८१ भव्य रुपमा सम्पन्न भएको छ।
यहि २०८१/१०/१८ गते शुक्रवार एभरसाइन पार्टी प्यालेस , बुढानिलकण्ठ -१२ कपनमा संचालित उक्त कार्यक्रममा SEE परिक्षामा सहभागी हुँदै गरेका बिधार्थी सहित करिव ३०० जना सहभागी रहेको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले जानकारी दिएका छन्।
वडाध्यक्ष शम्भु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य जयराम थापा सहित बुढानिलकण्ठ १२ का वडा सदस्यहरु शान्ता ढकाल,डिल्ली खतिवडा , इश्वरी भट्टराई , मिना बयलकोटी , बिभिन्न माध्यमिक विधालयका प्रिन्सिपल तथा भाइस प्रिन्सिपल सहित शिक्षकहरु ,नेपाल प्रहरीका बरिष्ठ सई बिमल खतिवडा, बुढानिलकण्ठ- १२ का वडा सचिव विष्णु खनाल लगायत सयौं बिधार्थी तथा सहभागीहरुको उपश्थिति रहेको थियो।
उक्त कार्यक्रममा SEE परीक्षा २०८१ मा सहभागी हुँदै गरेका नौ वटा विधालयका सम्पूर्ण बिधार्थीहरुलाई Academic Excellence Award 2081 सहित सम्मान गरिएको थियो भने सम्पूर्ण बिधालयहरुलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा त्रिभुवन विश्वविधालयका उपप्राध्यापक डा कमल सापकोटाले उत्कृष्ट प्रस्तुति सहित अभिमुखीकरण तालिम संचालन गरेका थिए भने गायक तथा सर्जक सुर्यमणि आचार्यले आफ्नो गायन प्रस्तुति दिएका थिए।
प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य जयराम थापाले उद्घाटन गरेको उक्त कार्यक्रममा बिगत बर्षमा ४ जीपीए सहित SEE उत्रिण सम्राट आचार्य , नेपाल प्रहरीका बरिष्ठ सई बिमल खतिवडा ,राष्ट्रपाटि डटका प्रधान सम्पादक सन्तोष लुइटेल, बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का सदस्य एवं कार्यपालिका सदस्य शान्ता ढकाल , बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई,प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य जयराम थापा लगायतले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा बिबिध गित, संगीत, नृत्य सहितका सांस्कृतिक प्रस्तुतिहरु समेत राखिएका थिए।
प्रसिद्व संचारकर्मी शारदा थापाले संचालन गरेको उक्त कार्यक्रमको विभिन्न संचार माध्यममा प्रतक्ष्य प्रसारण समेत गरिएको थियो।