त्रिदेशीय महिला टी-ट्वान्टी क्रिकेटः आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा

काठमाडौं । त्रिदेशीय महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेपालले थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार सुरु भएको प्रतिस्पर्धाको तेस्रो खेलमा नेपाल र थाइल्याण्ड भिड्न लागेका हुन्। यसअघि उद्घाटन खेलमा नेपाल नेरदल्याण्डसँग २० रनले पराजित भएको थियो।

दोस्रो खेलमा भने थाइल्याण्डले नेदरल्याण्डलाई आठ विकेटले हराएको छ। आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ।

पहिलो खेलमा टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पराजय भोगेको हो। पूरै २० ओभर खेलको नेपालले सात विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सकेको थियो।

आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६ औँ र नेपाल २० औँ स्थानमा छन् भने थाइल्याण्ड १३ औँ स्थानमा छ।


Published :माघ १९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media