रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

काठमाडौँ । सहारा चितवन सहकारीको रकम गैरकानुनी रूपमा संगठित तवरले अपचलन र ठगी गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत १४ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ ।

मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले पूर्वगृहमन्त्री समेत रहेका रविविरुद्ध जिल्ला जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको हो ।

प्रहरीले दिएको अनुसन्धान प्रतिवेदनमा रहेर जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अभियोगपत्र तयार पारेको छ ।

अनुसन्धान प्रतिवेदनमा पूर्वगृहमन्त्री रवि लामिछाने, उनका व्यावसायिक साझेदार एवं नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ।

बचतकर्ताहरूले ३८ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए ।

रवि यसअघि तीनवटा जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका थिए ।


Published :२२ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media