बालयौन दुरुपयोगमा मदन राई दोषी ठहर, अढाइ वर्ष जेल सजाय

काठमाडौं । बाल यौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई जिल्ला अदालत खोटाङले सजाय सुनाएको छ ।

न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना तोकेको हो । त्यस्तै, पीडित बालिकालाई एक लाख ५० हजार क्षतिपूर्तीको पनि सजाय न्यायाधीश दाहालको इजलासले सुनाएको छ ।

आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा यसअघि नै उनी दोषी ठहर भएका थिए ।

१० माघमा दोषी ठहर भएका राईलाई सजाय निर्धारणका लागि शुक्रबारको पेसी तोकिएको थियो । मदन राईले आफूले स्थापना गरेको फाउण्डेसनमा पढ्ने बालिकाहरूलाई लामो समयदेखि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले राईलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।


Published :२५ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media