नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना, २३ जना घाइते

काठमाडौँ । नेपालगञ्जबाट काठमाडौँ तर्फ आउँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस आज बिहान चितवनमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा आज बिहान ४ः३० बजे बस पुलबाट खसेर दुर्घटना भएको हाे।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्।

बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएका हुन्। ‘घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएको छ,’ भन्डारीले भनिन्।

बसमा सवार अन्य यात्रु भने सकुशल छन्। ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले बताइन् ।


Published :२७ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media