झापामा एक महिलाको शव नग्न अवस्थामा फेला

दमक । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बू आफ्नै घरभित्र मंगलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आंगबोले जानकारी दिए ।

सोमबारदेखि उनी सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्याएको थियो ।

गंगाकुमारीका श्रीमान भारतमै बस्दै आएको वडाध्यक्ष आंगबोले बताए । घटनाबारे अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ ।


Published :माघ ३०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media