काठमाडौँ । आज वि.सं २०८१ माघ ३० गते बुधबार, ई.स. २०२५ फेबु्रअरी १२, तिथि- माघ शुक्लपक्ष पूर्णिमा, अश्लेषा- नक्षत्र, सौभाग्य- योग, भद्रा- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः४६, सूर्यास्त- १७ः५२ ।
मेष : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।
वृष : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
मिथुन : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।
कर्कट : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।
सिंह : आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् ।
कन्या : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
तुला : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।
वृश्चिक : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।
धनु : लामो दूरीको यात्रामा समस्या हुने देखिएको छ ।
मकर : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।
कुम्भ : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।
मीन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।