
काठमाडौं । बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सडक र त्यस वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।
काठमाडौं जिल्ला अदालत अगाडि सडक मुनि रहेको पाइप फुट्दा वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालय डुवानमा परेको हो ।
पाइप फुटेर सडकसमेत जलमग्न हुँदा एक लेन पुरै बन्द भएको छ भने अर्को लेनमा सवारी जाम भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीको टोली उद्दारमा खिटएका छन् ।