भृकुटीमण्डपमा कृषिसम्बन्धी मेला शुरु

राष्ट्रपाटी न्युज

२ फाल्गुन २०८१

काठमाडौ । सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो शुरु भएको छ ।

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो शुरु भएको हो । एक्स्पो फागुन ४ गतेसम्म रहनेछ । मेलामा नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्ययवसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहेको छ ।

कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा. लि.,फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा. लि तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा. लि. ले संयुक्त रुपमा सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो आयोजना गरेको हो । प्रदर्शनीमा एक सय बढी स्टल  रहेका छन् ।


Published :२ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media