भैरहवा । भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआईटी) मा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव भैरहवा ल्याइएको छ।
लम्सालको शव परीक्षणपछि लम्सालको पार्थिव शरीर हवाई मार्ग हुँदै भारतको गोरखपुर र त्यहाँदेखि सडकमार्गबाट बेलहिया नाका हुँदै बुधबार साँझ यहाँ ल्याइएको हो।
सिद्धार्थनगर नगरपालिका- ८ घर भएका लम्साल परिवारका केही सदस्य आउन ढिलो भएका कारण शव भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।