आज नेपालले लेबनानसँग खेल्दै

राष्ट्रपाटी न्युज

फाल्गुन ८, २०८१

काठमाडौं । चार देशीय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आज नेपालले लेबनानसँग खेल्दैछ।

दशरथ रगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ।  पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्धको खेलबाट लय फर्किने लक्ष्यमा छ।

४ टोली मध्ये शीर्ष २ मा रहँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन यो खेल जित्नै पर्ने हुन्छ। त्यसैले लेबनानविरुद्ध खेलमा फराकिलो अन्तरको जित निकाल्ने लक्ष्यमा नेपाली टोली छ। खेल अघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले बिहिबारको खेलमा आफ्नो टिमलाई हार्न नहुने दबाब रहेको बताए।

फिफाको महिला वरियतामा नेपाल १०३ र लेबनान १३४औं स्थानमा छन्। यी दुईबीच एक पटक खेल भएकोमा नेपालले जितेको छ। गत वर्ष साउदी अरेवियामा भएको वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा लेबनानलाई २–१ गोलले हराउँदै नेपाल फाइनल पुगेको थियो।


Published :फाल्गुन ८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media