जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेको तेमालमा दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

राष्ट्रपाटी न्युज

८ फाल्गुन २०८१

काठमाडौँ । जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेको तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।


Published :८ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media