बालउद्धारका प्रधानाध्यापक पण्डितद्वारा १ लाख पुरस्कार दिने घोषणा

राष्ट्रपाटी न्युज

१० फाल्गुन २०८१

काठमाडौँ । बालउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले आउँदै गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बालउद्धार माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबाट ४ जिपिए ल्याउने विद्यार्थीलाई आफ्नो व्यक्तिगततर्फबाट रु १ लाख नगद पुरस्कार दिने घोषणा गरेका छन्।

बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको विद्यालयका प्रधानाध्यापक पण्डितले आउँदै गरेको एसईई परीक्षा र कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षाको नतिजामा आधारित रहेर नगद पुरस्कारको घोषणा गरेका हुन् ।

प्रधानाध्यापक पण्डितले कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षामा ४ जिपिए अंक प्राप्त गर्ने हरेक विद्यार्थीलाई रु १० हजार नगद  पुरस्कार समेत प्रदान गर्ने बताए ।

पण्डित विगत ७ वर्षदेखि विद्यालयमा प्रधानाध्यापकको भूमिकामा रहेका छन्।

प्रधानाध्यापक पण्डितले सो विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी लिएपछि एसईईको रिजल्टमा ऐतिहासिक सफलता प्राप्त भएको विगत वर्षका रिजल्टहरुले देखाएका छन् ।

प्रधानाध्यापक पण्डितको आफ्नो व्यक्तिगत तर्फबाट नगद पुरस्कारको घोषणाले आगामी वर्षको वार्षिक परीक्षाको रिजल्ट सकारात्मक हुने अपेक्षा विद्यार्थी, शिक्षकहरु तथा अभिभावकहरुले गरेका छन् ।


Published :१० फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media