छैटौँ राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई रिलायन्सद्वारा सम्मान र पुरस्कार

राष्ट्रपाटी न्युज

जेष्ठ १४, २०८३

काठमाडौं । रिलायन्स कलेजले आयोजना गरेको छैटौँ राष्ट्रव्यापी एसइई खुला निबन्ध लेखन प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई भव्य समारोहबीच पुरस्कृत गरेको छ। बुधबार कलेजको सभाहलमा आयोजित विशेष कार्यक्रममा देशभरिका उत्कृष्ट प्रतिभाशाली विद्यार्थीहरूलाई नगद पुरस्कार, छात्रवृत्ति तथा सम्मानपत्र प्रदान गरिएको हो।

यस वर्ष प्रतियोगितामा सातै प्रदेशका ३७ जिल्लाबाट ४८७ वटा निबन्ध प्राप्त भएका थिए। तीमध्ये उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई छनोट गरी प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्रदान गरिएको कलेजले जनाएको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, विभिन्न विद्यालयका प्रतिनिधि तथा रिलायन्स एजुकेसन नेटवर्कका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा काठमाडौंको कान्ति भैरव सेकेण्डरी स्कुलका विद्यार्थी अनुपम भण्डारी प्रथम भएका छन्। उनले नगद १५ हजार रुपैयाँसहित रिलायन्स कलेजमा कक्षा ११ अध्ययनका लागि शतप्रतिशत भर्ना तथा ट्युसन शुल्क छात्रवृत्ति प्राप्त गरेका छन्। त्यसैगरी ललितपुरस्थित न्यू क्यासल स्कुलकी विजया लक्ष्मी शर्मा दोस्रो हुँदै नगद १० हजार रुपैयाँसहित निःशुल्क भर्ना तथा ९ महिनाको ट्युसन शुल्क छुट प्राप्त गर्न सफल भइन्।

सिन्धुपाल्चोकको तेर्से सेकेण्डरी स्कुलकी राधिका जोति तेस्रो स्थान हासिल गर्दै नगद ६ हजार रुपैयाँसहित कक्षा ११ मा निःशुल्क भर्ना तथा ६ महिनाको ट्युसन शुल्क छुट प्राप्त गर्न सफल भइन्। साथै सान्त्वना पुरस्कार प्राप्त गर्ने १० जना विद्यार्थीलाई पनि रिलायन्समा अध्ययनका लागि भर्नामा ५० प्रतिशत र दुई महिनाको ट्युसन शुल्क छुट प्रदान गरिएको थियो।


Published :जेष्ठ १४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media