अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः पहिलो हाफमा नेपाल र म्यानमारबीच बराबरी

राष्ट्रपाटी न्युज

फाल्गुन ११, २०८१

काठमाडौं । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा पहिलो हाफमा नेपाल र म्यानमारबीचको खेल २-२ गोलको बराबरीमा सकिएको छ।

लिग चरणको अन्तिम खेलमा म्यानमारले छैटौं मिनेटमा गोल गर्दै अग्रता बनायो। म्यानमारका लागि म्याट नोइ खिनले फ्रि किकलाई गोलमा परिणत गरेकी थिइन्। खेलको ११औं मिनेटमा सावित्रा भण्डारीको असिस्टमा सविता राना मगरले पोष्ट नजिकैबाट गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

१६औं मिनेटमा म्यानमारले दोस्रो गोल गर्‍यो। मे हेत लुले डि बक्स भित्रबाट डिफेन्डरलाई बिट गर्दै गोल गरेकी थिन्। खेलको ४०औं मिनेटमा सावित्रा भण्डारीले गोलकिपरलाई वान बाई वानमा विट गर्दै खेल बराबरी गोल फर्काइन्।


Published :फाल्गुन ११, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media