सुक्खा पहिरोका कारण खाँदबारी-किमाथांका सडक अवरुद्ध

राष्ट्रपाटी न्युज

फाल्गुन १२, २०८१

खाँदबारी । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ।

आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए। उनका अनुसार ढुंगा खसेपछि उक्त सडक अवरुद्ध भएको हो।

सदरमुकाम खाँदबारीबाट एकसय नौ किलोमिटरको दुरीमा रहेको सो स्थानमा पहिरो खसेको हो। पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन्। पहिरोले  करिब ३० मिटर सडक पुरिएको छ।


Published :फाल्गुन १२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media