केपी ओली कप फुटबलः केपी ओली एफसी र त्रिभुवन आर्मी सेमिफाइनलमा

राष्ट्रपाटी न्युज

फाल्गुन १२, २०८१

काठमाडौं । केपी ओली एफसी र त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

सोमबार भएको खेलमा केपी ओली एफसीले न्यूरोड टिम(एनआरटी) र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलन प्रवेश गरेका हुन्। ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलमा केपी ओली एफसीले एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्यो। केपी ओली एफसीका तर्फबाट एकमात्र निर्णायक गोल खेलको ६३ औ मिनेटमा सुरजज्यू ठकुरीले गरेका थिए।

त्यस्तै सोमबार नै भएको पहिलो खेलमा आर्मीले पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्यो। आर्मीका नवयुग श्रेष्ठले खेलको १९ औं मिनेट र दिनेश हेम्जनले ८१ औं मिनेटमा गोल गरेका थिए। प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लबबीच र दोस्रो खेल दिउँसो ३ बजे मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबीच हुनेछ।


Published :फाल्गुन १२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media