भद्रपुर झापा गोल्डकपको उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा–११ भिड्दै

राष्ट्रपाटी न्युज

फाल्गुन १६, २०८१

झापा । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा–११ बीच आज मेची रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ।

झापा–११ ले  भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो। बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै आयोजक ब्लेजर्स पनि फाइनलमा पुगेको हो।

प्रतियोगितामा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका १० टोली सहभागी छन्। विजेता टोलीलाई १३ लाख रुपैयाँ तथा उपविजेतालाई सात लाख रुपैयाँ नगद प्रदान गरिनेछ।


Published :फाल्गुन १६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media