काठमाडौँ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकका अनुसार आइतबार साँझ अस्पतालमा भर्ना गरिएको र उनको अवस्था खतरामुक्त रहेको छ ।
उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ । उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ । अबको तीन दिन अस्पतालको निगरानीमा राखिने बताइएको छ ।
पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो । यसअघि २०८० भदौ १५ गते पनि हृदयघात नै भएपछि शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।