काठमाडौँ । नेपाल एलपी ग्यास उद्योगीहरूले सरकारसँग पाँच बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिएका छन्।
मंगलबार चार घण्टा लामो वार्तापछि वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वको सरकारी टोली र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा वृद्धि गर्ने सहमतिसहित पाँच बुँदे सम्झौता भएको हो।
सहमतिअनुसार अब ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँबाट बढेर १ हजार ९२२ रुपैयाँ ७५ पैसा पुगेको छ। नेपाल एलपी ग्यास उद्योग संघकाका अनुसार सहमतिसँगै आन्दोलन फिर्ता लिइएको छ ।