बूढानीलकण्ठमा सामुदायिक विधालय स्वास्थ्य शिविर कार्यक्रम चल्दै

राष्ट्रपाटी न्युज

फाल्गुन २१, २०८१

बुढानिलकण्ठ । बूढानीलकण्ठ नगरपालिकामा सामुदायिक विधालय स्वास्थ्य शिविर कार्यक्रम बिशेष रुपमा संचालन भैरहेको छ। काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH ) संगको सहकार्यमा बुढानिलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखाद्वारा आयोजित उक्त कार्यक्रम बूढानीलकण्ठ नगरपालिकामा रहेका सामुदायिक विधालयहरुमा चलिरहेको बुढानिलकण्ठ नगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिएकी छन्।

सामुदायिक विधालयहरुमा अध्ययनरत विधार्थीहरुको होल बडी चेक अप ( स्क्रिनिङ्ग) सहित बरिष्ठ चिकित्सकहरुले आँखा, दाँत , नाक , कान ,घांटी सहितको स्वास्थ्य परिक्षण भैरहेको छ भने बिस्तृत इको सहित मुटुको जांच समेत भैरहेको छ।

स्क्रिनिङ्गको क्रममा विधार्थीहरुलाइ मुटु लगायत अन्य गम्भीर समस्या देखिए तत्काल उपचारको व्यबस्था गर्ने गरिएको बताइएको छ।

बरिष्ठ मुटु रोग बिशेषज्ञ डा समिर पौडेल ,डा कुन्जांग शेर्पा सहितको चिकित्सकहरुको टोलीले बूढानीलकण्ठ नगरपालिकामा रहेका बाल उद्वार मावि , ग्राम शिक्षा मावि , महांकाल जनजागृति मावि , बुढानिलकण्ठ मावि लगायतमा विधालय स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिसकेको र अन्य विधालयमा समेत संचालन गरिने जनस्वास्थ्य अधिकृत खरेलले जानकारी दिएकी छन्।


Published :फाल्गुन २१, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media