
बुढानिलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नं. २ ले निःशुल्क पाठेघरको मुख तथा स्तन क्यान्सर परीक्षण शिविर संचालन गर्ने भएको छ।
करूणा स्वास्थ्य सचेतना समाजको सहकार्यमा आयोजना गर्न लागिएको पाठेघरको मुख तथा स्तन क्यान्सर (Breast and Cervical Cancer Screening) सम्बन्धी निःशुल्क परीक्षण शिविरमा सहभागी भै लाभ लिन सम्पूर्ण महिला दिदीबहिनीहरुलाई वडाध्यक्ष राजेन्द्र श्रेष्ठले आग्रह गरेका छन्।
यहि २०८३/०४/१६ गते शनिबार बिहान ९:०० बजेदेखि दिउँसो ५:०० बजेसम्म बुढानीलकण्ठ–२, ज्येष्ठ नागरिक पार्कमा शिविर संचालन गरिने आयोजकले जानकारी दिएको छ।
