पीएम कप क्रिकेटमा आज दुई टोलीबीच प्रतिस्पर्धा हुँदै

राष्ट्रपाटी न्युज

२७ फाल्गुन २०८१

काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

आज कोशी र मधेश प्रदेश तथा गण्डकी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान ९ बजे सुरु हुने छन् ।

कोशी र मधेशबीचको खेल भैरहवास्थित सिद्धार्थनगर रङ्गशालामा हुनेछ । गण्डकी र कर्णालीको खेल दाङको देउखुरी क्रिकेट मैदानमा हुनेछ ।

जारी प्रतियोगितामा कोशी प्रदेश पहिलो खेलमा पराजित भएको छ भने मधेशले आज पहिलो खेल खेल्दैछ ।

यसैगरी, कर्णाली र गण्डकीले आज दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा कर्णालीले जित हासिल गरेको थियो भने गण्डकी पराजित भएको थियो ।


Published :२७ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media